Logo
Logo

सिआइबीमा एक करोड घुस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ पुस । करिब डेढ महिनाअघि एक व्यक्ति सिआइबी पुगे । कुनै अनुसन्धानका लागि उजुरी लिएर उनी त्यहाँ गएका थिएनन्, घुसको प्रस्ताव लिएर गएका थिए । त्यो पनि करोड रुपैयाँको । नेपाल इन्जिनियरीङ कलेजको अनियमिततासम्बन्धि घटनामा पूर्व सञ्चालकहरुलाई कारबाही रोकिदिनुप¥यो भन्दै तीन व्यक्तिले एक करोड घुसको प्रस्ताव गरेका थिए । सिआइबीले तत्कालै उनलाई पक्राउ ग¥यो । मुद्दा चलाउने तयारी गरेपछि उनले रोइकराई गरी माफि मागे । सिआइबीले एक सर्तमा उनलाई छाड्ने प्रस्ताव राख्यो । सो कलेजका पूर्व अध्यक्ष लम्बोधर न्यौपानेलाई पक्राउ गराए उनलाई नथुन्ने । त्यसमा उनी सहमत भए । तिनै बिचौलियाले न्यौपानेलाई भेट्न बोलाए र त्यही बेला उनी सिआइबीको फन्दामा परेका हुन् ।

तर, थुनामा रहँदा पनि न्यौपानेको चलखेल रोकिएको छैन । प्रहरीले अनुसन्धान सकेर मुद्दा बुझाएको दुई साता हुँदा पनि जिल्ला सरकारी वकिल कार्यालयले अझै अदालतमा दर्ता गराएको छैन । न्यौपानेकै चलखेलका कारण मुद्दा दायर नभएको स्रोत बताउँछ । कलेजलाई विभिन्न नाममा ठगी गरेको प्रष्ट हुँदा पनि विभिन्न बहानामा मुद्दा नचलाई मिसिललाई महान्यायाधिवक्तासम्म पु¥याइएको छ । यसले माफियाहरुको राज्यमा कुत तहको प्रभाव छ भन्ने प्रष्ट हुन्छ ।

त्यसो यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ७९ लाख घुस खुवाउने व्यक्ति पनि उनै न्यौपाने हो । कलेजको अनियमितता लुकाइदिने तत्कालिन आयुक्त राजनारायण पाठकलाई घुस खुवाएका थिए । जून घटनामा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । पक्राउ परेपछि उनले सर्वाेच्चमा समेत मुद्दा हालेका थिए । न्यौपानेले प्रहरीविरुद्ध दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतले सो खारेज गरिसकेको छ । देवानी प्रकृतिको विषय ठगी मुद्दा नहुने र आफुलाई पक्राउ गर्न नमिल्ने उनको दाबी थियो ।

कलेजले नै दिएको जाहेरीका आधारमा यसपटक पक्राउ परेका हुन् । कलेजको ८ करोड २१ लख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको भनेर कलेजका प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआइबीमा जाहेरी दिएका थिए । त्यसमध्ये करिब तीन करोड न्यौपानले ठगी गरेको कलेजले जनाएको छ ।

न्यौपाने २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म कलेजको सञ्चालक समितिका अध्यक्ष थिए । जसक्रममा उनले कलेजको बजेटबाट किनेको गाडी आफ्नो नाममा पास गर्नेदेखि बिना खर्च सञ्चालक समितिले पैसा निकालेर दुरुपयोग गरेको थियो । न्यौपानले सचिवालय खर्चको बहानामा ५७ लाख ५० हजार रुपैयाँ निकालेर दुरुपयोग गरेका थिए । त्यस्तै २० फागुन २०७३ मा बसेको सञ्चालक समितको बैठकले एक करोड ५० लाख रुपैया कुनै बिल नै पेश नगरी सञ्चालकहरुलाई दिने निर्णय गरेको थियो । काल्पनिक शीर्षकमा उनले पटक पटक रकम निकालेर दुरुपयोग दुरुपयोग गरेका थिए । त्यसरी कमाएको अकुत सम्पत्तिमै अहिले उनले चलखेल गर्दै आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्