Logo
Logo

महिला हवल्दार अख्तियारको हिरासतमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस ।
घुसकाण्डमा एक महिला हवल्दार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेकी छिन् । ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई आयोगले पक्राउ गरेको हो ।


इप्रका बेलचौताराको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै उनले घुस मागेकी थिइन् । १० हजार रुपैयाँ घुस लिएलगत्तै उनलाई आयोगले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्