Logo
Logo

दरबारमार्गको दरबार मल अवैध ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस ।
दरबारमार्गको नारायणहिटी संग्रालय अगाडी बनेको दरबार मल नियमविपरीत बनेको खुलेको छ । नेपाल ट्रष्टको कार्यालयको जग्गा लिजमा लिएर यती समूहको कम्पनी थामसेर्कु ट्रेकिङ प्रालीले भवन बनाएकोमा उसले बदमासी गरेको खुलेको छ । तीन तला भवन बनाउने सम्झौता भएकोमा चार तला बनाएर सो कम्पनीले भवन भाडामा लगाएर पैसा असुलीरहेको छ ।


ट्रष्टको कार्यालयले गरेको निरीक्षणमा उसले चार तला बनाएको खुलेको कार्यालयका सहसचिव तथा प्रवक्ता डा.भिष्म कुमार भुषालले बताए । ‘हामीले अब एक तलाको छुट्टै मूल्याङकन गरी थप भाडा उठाउने प्रक्रियाबारे छलफल गरिरहेका छौं’ उनले भने । थामसेर्कुले भने पुरानै सम्झौताअनुसार चार तला चलाउने प्रयास गरिरहेको छ ।

त्यसो त सो कम्पनीलाई लिजमा दिने प्रक्रियामै समेत विवाद भएको थियो । सुरुमा थामसेर्कुले ३० वर्षको लागि ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ८ सय ८४ रुपैयाँको प्रस्ताव हालेको थियो । जून ट्रष्टमा सचिवस्तरबाट स्वीकृत समेत भएको थियो । पछि एक अर्ब ४० करोड १० लाख ८० हजार रुपैयाँमा लिजमा दिइएको थियो । सो कम्पनीका कर्मचारीको प्राविधिक गल्ती भन्दै सचिवले स्वीकृत गरेको प्रस्तावलाई पछि सहसचिवले सच्याएर लिज दिइएको थियो । यसविरुद्ध परिवर्तन राईले दायर गरेको मुद्दा अदालतमा विचाराधिन छ ।
नेपाल ट्रष्टको धेरै सम्पत्तिमा यती समूहले राज गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्