Logo
Logo

लक्ष्मी बैंकको बिसौं वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७७ पुस २८ गते सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजीको नौ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु १० अर्ब ६९ करोड पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुंगटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

आव २०७६/७७ मा रु १००.७६ अर्ब निक्षेप र रु ८९.८९ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १२८ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहतस्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मकरुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरीजस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ सेवा प्रदायकको रुपमा बंैक अगाडि आएको छ । उच्चस्तरीय संस्थागत सुशासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि’ सन् २००९ देखि सञ्चालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड–१, लक्ष्मी इक्विटी फण्ड तथा लक्ष्मी उन्नति कोष नामक म्यूचुअल फण्डसमेत सफलतापूर्वक जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्