Logo
Logo

ओलीले भारतीय मिडियामा दिएको अन्तरवार्ता सबै नाटक : प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान नै भाँचिदिएको बताएका छन् । बुधबार प्रचण्ड-माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले भारतबाट ‘जी न्यूज’लाई बोलाएर प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिएर नाटक मन्चन गरेको बताए । उनले भने, ‘जी न्युजलाई बोलाएर अन्तर्वार्ता दिनु ओलीको नाटक हो । एभरेष्टको नाम फेर्ने जी न्यूजको समाचारले ओलीको अन्तर्वाता नाटक हो भन्ने पुष्टि भएको छ ।’
उनले विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएको बताउँदै प्रधानमन्त्री ओलीले जी न्युजलाई दिएको अन्तरवार्ता हेरेपछि सबै नाटक भएको बताए । उनले कमिलाको प्वाँख उम्रिए जस्तै ओलीमा पनि प्वाँख पलाएको भन्दै अब उनको समय धेरै नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्