Logo
Logo

माधव नेपाल नेकपाका पहिलो अध्यक्ष हुन्ः प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल पार्टीको पहिलो अध्यक्ष रहेको बताएका छन्। प्रज्ञा भवनमा आयोजित कार्यक्रममा माधव नेपाललाई नै अघि राखेर उनले यस्तो बताएका हुन् ।


‘आजको मितिमा माधव नेपाल हाम्रो पार्टीको एक नम्बर अध्यक्ष हो,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको भनेर व्यंग्य गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रचण्डले ओली नेता नभई जोकर मात्र भएकाले कोही उनको पछि नलाग्ने दाबी गरे । पार्टीले सरकारको काममा अवरोध गरेको एउटा प्रमाण देखाउन उनले चुनौती दिएका छन ।

प्रतिक्रिया दिनुहोस्