Logo
Logo

एसएसपी बढुवामा को–को छुटे ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस ।
बुधबार भएको एसएसपी बढुवा सिफारिसमा केही सिनियर एसपीहरु छुटेका छन् । ११ जना सिफारिस हुँदा सिनियर ब्याचका विकासराज खनाल परेनन् । विगतमा सुन काण्डमा परेकाले उनी छुटेको बताइएको छ ।


त्यस्तै भोला रावल र सुदीपराज भण्डारी पनि बढुवामा पर्न सकेनन् । गुप्तचरबाट आएका टिकाबहादुर केसी र योगबहादुर पाल समेत बढुवाको दाडधुपमा भएपनि असफल भएका छन् ।

बढुवा सिफारिस समितिले एसपीहरु कृष्णकुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईटेल र मोहन प्रसाद पोख्रेललाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस समितिले सिफारिस उपर एक साताभित्र उजुरी दिन सूचना प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्