Logo
Logo

प्राइम कमर्सियल बैंकको १३औँ वार्षिक साधारणसभा, १५ प्रतिशत बोनस शेयर दिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्राइम कमर्सियल बैंकले पुस २९ गते बुधबार १३औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नवीनतम बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साधारणसभाले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने गरी १३औँ साधारणसभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ । बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आपनो शेयरधनीलाई यथोचित र समयसापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दिए ।

प्रतिक्रिया दिनुहोस्