Logo
Logo

ओलीको तानाशाही प्रवृत्तिले सिंगो मुलुक पिल्सिरहेको छ : नेता नेपाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिले सिंगो मुलुक पिल्सिरहेको बताएका छन् ।
बिहीबार नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा गरेको कार्यक्रममा नेपालल भने, ‘ओलीले भनेको कुरा नमान्नु नै आफूहरुको अपराधजस्तो भएको छ । यो सिंँगो देशमाथि तानाशाही प्रवृत्ति हो ।’ ओली बदलाको भावनाबाट अघि बढ्ने र अलोकतान्त्रिक चरित्र भएको उनले बताए । संवैधानिक कू गरेका भएका बेला चुनावको अर्थ नभएको नहुने भन्दै नेपालले वैशाखमा चुनाव पनि नहुने दावी गरे ।
नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए । संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नरहेको र हुँदै नभएको धारा राखेर बिघटन गरिएको आरोप उनको छ । उनले अदालतले ओलीको कदम सच्चाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्