Logo
Logo

विवेकशील साझामा १८ विभाग गठन, कार्यालय व्यवस्थापन विभाग प्रमुखमा उप्रेती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ ।
विवेकशील साझा पार्टीले विभिन्न १८ वटा केन्द्रीय विभाग गठन गरेको छ । पार्टीको बैठकले विभागको प्रमुख समेत तोकेको छ ।

प्रशासन सुधार विभागका किशोर थापा, संसदीय मामिला विभागमा रमेश पौड्याल, कानुनी मामिला विभागमा निरुपमा यादब, कृषि तथा सहकारी विभागमा हिरामणी पौडेल, संगठन विभाग प्रमुखमा निर्देस सिलवाल तथा केन्द्रीय कार्यालय व्यवस्थापन विभागमा दिपक उप्रेतीलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

समाबेशीता विभागको प्रमुखमा रामपुकार महरा, प्रशिक्षण विभागमा केशव दाहाल, वातावरण तथा सम्पदा संरक्षण विभागमा विराजभक्त श्रेष्ठ, कोष संकलन विभागमा दिव्येश गिरी चयन भएका छन् ।
आशुतोष प्रधान उधमशीलता विकास विभाग, प्रकाशचन्द्र परियार सूचना तथा सञ्चार विभाग, लक्ष्मी घिमिरे सदस्यता व्यवस्थापन विभाग, रमेश महर्जन उद्यम–व्यवसाय विभाग, डा.उमेद पुन अनुसन्धान विभाग, प्रमेश श्रेष्ठ अभियान विभाग, समाइला श्रेष्ठ इन्द्रेणी विभाग, सञ्जीव भट्टराई नीति विभागको प्रमुखमा नियुक्त भएका छन् ।
हालै दुई विवेकशील र साझा एकीकरण भएपछि केन्द्रीय विभागहरु गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्