Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो भोइस अफ नेपाल सिजन ३ को सहप्रायोजक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोइस अफ नेपाल–सिजन ३ को सहप्रायोजक रहने घोषणा गरेको छ । सो कार्यक्रम हिमालय एचडी टिभीबाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भइसकेको छ ।

काठमाडौंस्थित ¥याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भोइस अफ नेपालजस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आबद्ध हुन पाउँदा खुशी लागेको साथै सिटी एक्सप्रेसले जसरी देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसरी नै भोइस अफ नेपालले पनि देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीबाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा खुशी ब्यक्त गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्