Logo
Logo

प्रधानमन्त्री बन्न मलाई राष्ट्रियसभामा ल्याइएको गलत प्रचार गरियो : नेता गौतम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको दिगो बिकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता गौतमले भने, ‘म प्रधानमन्त्री बन्न खोजेको र राष्ट्रियसभामा रोजेको भन्दै गलत प्रचार गरियो ।’ उनले राष्ट्रियसभा प्रतिनिधिसभाको तुलनामा परिपक्व हुनुपर्ने भन्दै कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने जिकिर गरे । नेता गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभाबीच मानमर्यादा र कामकारवाहीमा बिभेद रहेको समेत बताए । उनले भने, ‘बिभेद अन्त्य गर्नका लागि पनि मेरो पहल र योगदान रहने छ ।’ संघीय संसदका दुई सदनमध्ये राष्ट्रिय सभालाई कम अधिकार दिएको उनको भनाइ छ ।
पुसा २३ गते बसेको राष्ट्रियसभाको बैठकले गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरिएको थियो । मनोनयनपछि गौतम पहिलोपटक समितिमा गएका हुन् ।

नेकपा विभाजनपछि पनि आफूलाई तथस्ट राख्दै आएका नेता गौतमले अझैपनि पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्