Logo
Logo

कोभिडविरुद्धको खोप : नेपालमा ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगका लागि अनुमति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । नेपालमा कोरोनाभाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले यो खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।
सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । विभागले दुई दिनअघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्