Logo
Logo

कुलमानलाई प्राधिकरणमा मैले नै लगेको हुँ : उर्जामन्त्री


- दृष्टि न्युज/संवाददाता


बुटवल २ माघ । ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालमा लागु गर्ने वा नगर्नेबारे तत्काल निर्णय लिनुपर्ने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले एमसीसी अहिलेको परियोजना नभएका कारण लागू गर्ने वा खारेज गर्ने भन्ने विषयमा छिटो निर्णयमा पुग्नुपर्ने बताएका हुन् ।
उर्जामन्त्री रायमाझीले लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी गरे । ऊर्जा संकट निवारण गर्न ९९ बुँदे योजना आफूले तयार गरेको र कुलमान घिसिङलाई पनि प्राधिकरणमा आफूले नै लगेको उनेको दावी छ । मन्त्री रायमाझीले प्रतिनिधिसभा विघटन बाध्यात्मक कदम भएको बताउँदै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालकै कारण त्यस्तो परिस्थिति आएको बताए । उनले सरकार तोकिएको समयमा निर्वाचन गर्न प्रतिवद्ध रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्