Logo
Logo

भारतमा परराष्ट्रमन्त्रीले देशको नयाँ नक्सा बिर्सिए !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ ।
नेपाल–भारतबीचको सम्बन्धमा आएको चिसोपन हटाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको भ्रमण गरे । तर, उनको भ्रमणले नेपालको राष्ट्रियतालाई भने कमजोर बनाएको टिप्पणी हुन थालेको छ ।


मन्त्री ज्ञवाली दिल्लीमा सहभागी कार्यक्रममा नेपालको पुरानै नक्सा राखिएको थियो । त्यही नक्साको मुनी परराष्ट्रमन्त्री ज्ञवालीले भाषण गरेको तस्वीर सामाजिक सञ्जालमा राखेर उनको आलोचना गरिएको छ । अर्काेतर्फ नेपालको कालापानी क्षेत्र भारतकै कब्जामा छ । सो क्षेत्रमा सडक बनाउने काम समेत रोकिएको छैन । यस्तो अवस्थामा सीमा विवादबारे छलफल पनि हुन सकेन ।
मन्त्री ज्ञवालीको टोली तीन दिने भ्रमण सकेर शनिबार स्वदेश फर्कदैछ ।

प्रतिक्रिया दिनुहोस्