Logo
Logo

भूतपूर्व सैनिक सेवा समाजलाई हिमालयन बैंकद्वारा कम्प्युटर हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । हिमालयन बैंकले चन्द्रागिरी नगरपालिका–७ बाणस्थलीस्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ । बैंकले संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा सो कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उक्त कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्