Logo
Logo

एनआईसी एशिया लघुवित्तको तेस्रो वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । रजिष्टर्ड कार्यालय भेरी–४ जाजरकोटमा २०७७ माघ ४ गते आइतबार आयोजना गरिएको वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको छ ।

सो अवसरमा संस्थाको आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आवा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु परित भएको छ ।

यसका साथै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारणसभाले पारित गरेको छ । त्यसैगरी संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्नेलगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै साधारणसभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई सञ्चालक पदमा नियुक्त भएका छन् ।

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्थाप्रतिको भरोसासहित हाल १२० शाखा कार्यालयबाट करिव ४७ हजार सदस्यसहित करिब ३६ हजार सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथीसँगै सवल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघु वित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्