Logo
Logo

प्रचण्ड–माधव समूहलाई ओलीको चेतावनी : राष्ट्रपतिको भूमिकामा प्रश्न नउठाउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव समूहलाई राष्ट्रपतिको भूमिकामाथि प्रश्न नउठाउन चेतावनी दिएका छन् । आज (आइतबार) अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकको समापनमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले गरेको सिफारिसमा तोक लगाउनु राष्ट्रपतिका संवैधानिक कर्तव्य हो भन्दै राष्ट्रपति माथि प्रश्न नउठाउन भनेका हुन् ।

सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि दबाब दिने र हुर्मत लिने काम बन्द गर्न पनि ओलीको सुझाव थियो । उनले न्यायाधीश र प्रधानमन्त्रीबीच हुँदै नभएको भेटवार्ताको अफवाह फैलाएर स्वतन्त्र न्यायपालिकामाथि प्रचण्ड–माधव सूमहले आक्रमण गरेको आरोप समेत लगाए । प्रचण्ड–माधव समूहलाई अनाधिकृत समूहको संज्ञा दिँदै ओलीले चुनावी कार्यक्रम अघि नबढाउन निर्वाचन आयोगलाई निर्देशन दिएर अलोकतान्त्रिक काम गरेको भन्दै असन्तुष्टी समेत जनाए ।यसअघि, आज (आइतबार) नै प्रचण्ड–माधव समूहले अनेरास्ववियू उपत्यकास्तरीय भेलामा निर्वाचन आयोग र राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्