Logo
Logo

अब पुलिस क्लवको पनि फुटबल एकेडेमी


- दृष्टि न्युज/संवाददाता


नेपाल पुलिस क्लवले पनि फुटबल एकेडेमी सुरु गर्ने भएको छ । आज ( आइतबार ) नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एसाेसिएसन (एन्फा) बीच नेपाल पुलिस स्कुल फुटबल एकेडेमी स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गर्दै समझदारी पत्र आदानप्रदान गरेका थिए ।

समझदारी अनुसार एकेडेमीमा २१ जना विधार्थी रहेनछन् । जसमा सात जना नेपाल पुलिस स्कुलका र सात जना एन्फाले देशभरमा छनोट गरेर छात्रबृत्तिमा राख्नेछ । बाँकी सात जना फुटबलमा इच्छुक भएकाबाट एकेडेमीमा राखिनेछ । चार बर्षका लागि यो एकेडेमीमा एन्फाले प्राविधिक सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्