Logo
Logo

सुन तस्करीमा संलग्न नेतालाई थुनामै राख्ने आदेश, दुई जना छुटे


- दृष्टि न्युज/संवाददाता



विराटनगर, २५ माघ ।
उच्च अदालत विराटनगरले सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न १२ जना अभियुक्तलाई थुनामै राख्न आदेश दिएको छ । कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको संयुक्त इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो ।

१२ जना अभियुक्तले रितपूर्वक फैसला गराउन माग गर्दै निवेदन दिएका थिए । यस्तै, अदालतले दुई जना अभियुक्तलाई जनही १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार थुनामै राखेर पुर्पक्ष गर्न अन्तिम आदेश गरिएका अभियुक्तमा सुन तस्करीको नाइके मानिने भुजुङ गुरुङसमेत रहेक छन् । गुरुङ राप्रपा नेता हुन् । उनीसँगै दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु मर्हजन, कपिलराज पुरी, रामहरि सुबेदी, फाल्दुंग फुल्टुंग भन्ने लक्षुबहादुर गुरुंग, रेवत भन्ने रेवतकुमार आर्चाय, बेनु श्रेष्ठ, डेभिड भन्ने छिरिङ्ग बाग्ले घले, बालादाइ भन्ने बालकृष्ण खडका र ठाकुरप्रसाद ढूुगानालाई थुनामा राख्न भनिएको छ । उनीहरुमध्ये कतिपय यसअघि छुटेका थिए । उनीहरुले जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै रितपूर्वक आदेश माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन गरेका थिए ।
यस्तै, सलामान खान भन्ने शैयद अकबर र डब्बु भन्ने इम्तियाज उद्दिनलाई जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा रिहा गन आदेश दिएको हो ।
यसअघि अभियुक्तलाई छाड्ने आदेश दिने न्यायधीशहरु कारबाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्