Logo
Logo

बसको टिकटको भुक्तानी क्यूआरबाट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी थप सुबिधा ल्याएको छ ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनी/वालेटबाट क्यूआर स्क्यान गरी फोन पे नेटवर्कअन्तर्गत भुक्तानी गर्न सकिनेछ । क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा ततकाल काठमाडौँको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ । क्यूआर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ ।

लक्ष्मी बैंकले विगतमा क्यूआर पेमेन्टलाई अस्पताल, सपिङमल, इन्टरनेट सेवा प्रदायकलगायत विभिन्न साना ठूला व्यापारिक संस्थाहरुमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्