Logo
Logo

ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बालुवाटारमा बुझाइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । नेकपा प्रचण्ड-माधव समूहले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उक्त निर्णय बोकेर सोमबार नेताहरु बालुवटार पुगेका हुन् । प्रचण्ड समूहका एक नेताले ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बालुवाटारमा बुझाएको जनाए ।
गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको उक्त पत्र आज बालुवाटारमा बुझाइएको हो । उक्त पत्रमा विधानविपरित ओलीका गतिविधिबारे थप कारबाही किन नगर्ने भनेर ? स्पष्टीकरण माग गरिएको छ । नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्