Logo
Logo

प्रधानमन्त्री कप क्रिकेटमा वागमती प्रदेशको अपराजित यात्रा कायमै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । वागमती प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आज (सोमबार) कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले पराजित गर्दै वागमतीले लगातार दोस्रो जित निकालेको हो ।

वागमतीले दिएको ३ सय रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २१ ओभरमा अलआउट हुँदै १ सय १९ रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको वागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो ।

जितसंगै वागमतीले २ खेलबाट ४ अंक जोडेको छ । वागमती समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

वागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो । सुदूरपश्चिमको भने यो पहिलो खेल हो । पहिलो खेलमै सुदूरपश्चिमले हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्