Logo
Logo

दृष्टिका २० हेडलाइन्स् : असंवैधानिक कदम विरुद्धको बहसदेखि नेपाल भूमि मिचिएको पीडासम्म


- दृष्टि न्युज/संवाददाता


हेड्लाइन्स् : 

१. प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि सोमबार पनि बहस, सुवास नेम्वाङदेखि चुनावसम्मको चर्चा, न्यायाधीशको प्रश्नमा अलमलिए अधिवक्ता ।

२. केपी ओलीविरुद्ध आम हड्ताल गर्ने प्रचण्डको चेतावनी, प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि चुनौती थपेको नेपालको तर्क ।

३. नेकपा प्रचण्ड–नेपाल समूहको टोलीले पठायो केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधिएको पत्र, तीन दिनभित्र जवाफ दिन माग ।

४. प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको अग्रगामी कदम भएको गृहमन्त्री थापाको तर्क, अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि विघटन गरिएको दावी ।

५.  ताजा जनादेशका लागि तोकिएको मितिमा निर्वाचन गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड, निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गराउन निर्वाचन आयोगलाई सुझाव ।

६. नेपाली कांग्रेसको बैठक फेरि स¥यो, अर्को बैठक माघ १३ गते बस्ने तय, देउवा र पौडेलबीच वान टु वान भेटवार्ता, मिलेर जान देउवाको प्रस्ताव ।

७. प्रदेश १ का मुख्यमन्त्री विरुद्ध दायर अविश्वासको प्रस्तावबाट तीन सांसद पछि हटे, हस्ताक्षर फिर्ता गर्न प्रदेश सभा सचिवालयमा निवेदन दर्ता ।

८.कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुग्यो, हालसम्म ५२ हजार ९ सय ४५ नेपाली निको भए ।

९. नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि,स्वास्थ्य अवस्था भने सामान्य भइसकेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी ।

१०. नेपाली भूमि मिच्दै महाकाली नदीमा भारतले तटबन्ध बनायो, सरकार खोज्दै दार्चुलावासी, सिडयोले पठाएको पत्र संघीय सरकारले वास्तै गरेन ।

११. दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत मागियो, प्रतिवेन हेरेपछि मात्रै सर्वोच्चले बस्न्यातका बारेमा निर्णय सुनाउने ।

१२.उखुको भुक्तानीका लागि दिएको २१ दिनको समय सीमा सकियो, कुल भूक्तानीको हालसम्म करिब ७३ प्रतिशत मात्रै ।

१३. प्रदेश २ सरकारले मनायो बलिदानी दिवस, ६० शहीद परिवारलाई सम्मान, शहीदका परिवारको अवस्थाबारे भने कसैको ध्यान नगएको स्थानीयको गुनासो ।

१४. नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा १ र डिजेलमा २ रूपैयाँ बढ्यो ।

१५. सोल्टी सिटी अपार्टमेन्टमा आगलागी, डेढ घण्टापछि निभाइयो आगो, भागदौड मच्चिँदा तीन जना घाइते ।

१६. सेयर बजारमा नयाँ उचाई बन्ने क्रम जारी, दोहोरो अंकले वृद्धि हुँदै रेकर्ड कायम ।

१७. अखिल नेपाल फुटबल संघ (एन्फा)को १२ औं केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापामाथिको निलम्बन फुकुवा ।

१८. प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा बागमतीको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेश १ सय ८० रनले पराजित ।

१९. सुडानमा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु, १ सय ६० जना घाइते ।

२०. कुवेतमा सरकार विघटन, राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले स्वीकृत गरे प्रधानमन्त्रीको राजीनामा ।

प्रतिक्रिया दिनुहोस्