Logo
Logo

‘प्रतिगमन’ विरुद्ध काठमाडौंमा आज पत्रकारहरुको भेला, प्रचण्ड-माधवले सम्बोधन गर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव समूहको पत्रकारहरुको भेला राजधानीमा आज हुँदैछ । ‘पुर्ण प्रेस स्वतन्त्रता रक्षाका निम्ति प्रेस स्रगठन नेपालको आव्हान, प्रतिगन विरुद्ध सञ्चारकर्मीहरुको सामुहिक अभियान’ भन्ने नारासहित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज काठमाडौं हुँदैछ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले उक्त भेलालाई सम्बोधन गर्दैछन् । बिहान ११ बजे भृकुटीमण्डपबाट सुरु हुने र्याली प्रज्ञा भवन कमलादीमा पुगेर सभामा परिणत हुनेछ ।

उक्त भेलाका लागि देशभरबाट प्रचण्ड-माधव समूहमा रहेका पत्रकारहरु राजधानीमा आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्