Logo
Logo

‘कामचलाउ प्रधानमन्त्री नस्वीकारे प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्नु पर्ने बताएका छन् ।
आफैले संसद विघटन गरेर कार्यकारी प्रधानमन्त्री हुँ भन्दै बस्नु लज्जाको विषय रहेको भन्दै प्रधानमन्त्री पदबाट राजिनामा दिनु पर्ने बताएका हुन ।
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली कामचलाउ प्रधानमन्त्री मात्र रहेको बताउँदै कामचलाउ नमाने पदबाट राजिनामा दिनु पर्ने धारणा राखेका हुन ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’


पद प्राप्तिका लागि ओलीले प्रचण्ड र आफूलाई भर्याङ बनाएको बताउँदै अध्यक्ष नेपालले ओलीलाई पद लोलुपता रहेको समेत आरोप लगाए । अध्यक्ष नेपालले भने– ‘ केपी ओलीले पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो’ ।

प्रतिक्रिया दिनुहोस्