Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेकपाको आरोप प्रत्यारोपदेखि भारतले खोप पठाउनेसम्म


- दृष्टि न्युज/संवाददाता


हेड्लाइन्स् : 

१. प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस लम्बिएको लम्बियै, तेस्रो दिनको बहस पनि हेर्दा हेर्दैमा, सडकबाट संसद् पुनःस्थापना भएकाले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको अधिवक्ताको तर्क,प्रधानन्यायाधीशको भने धारा ७६ को उपधारा १ बारे वकिललाई प्रश्नै प्रश्न ।

२. नेकपा प्रचण्ड–माधव निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न, केपी ओलीले राजतन्त्र पुनःस्थापनाको यात्रा तय गरेको प्रचण्डको तर्क, कामचलाउ प्रधानमन्त्री नस्वीकारे प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माधव नेपालको अडान ।

३. नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी, झडप नियन्त्रण गर्न प्रहरीद्वारा ९ राउण्ड हवाई फायर, झडपमा प्रहरीसहित कार्यकर्ता पनि घाइते ।

४. प्रदेश १ को प्रदेश सभा बैठक भोलि, अविश्वासको प्रस्तावमाथि छलफल हुने, अधिवेशनको पूर्वसन्ध्यामा बसेको नेपाली कांग्रेसको संसदी दलको बैठक मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबारे अनिर्णित ।

५. भारतले भोलिदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने, कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने सरकारको दावी, एक साता भित्रै लगाउन थाल्ने गरी योजना बनाउँदै स्वास्थ्य मन्त्रालय ।

६. अलपत्र परेका नेपालीलाई लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज आज मकाउ जाँदै, दुई बच्चासहित १ सय ४५ यात्रु लिएर भोलि बिहान स्वदेश फर्कदै ।

७. साताको तेस्रो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घट्यो, सोमबार रेकर्ड बनाएको शेयरमा उतारचढावले लगानीकर्ता निराश ।

८. सुनसरीको दुहवी नगरपालिका–१० सिमरियामा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु, ८ जना घाइते ।

९.एन्फाको १९ औं साधारण सभा सुरु, मनोनयनको व्यवस्था खारेज गर्दै वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट चयन हुने, प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली र लुम्बिनी प्रदेशको पहिलो जित ।

१०. र, अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ ग्रहण भोलि, अवान्चित गतिविधि हुन नदिन विशेष सुरक्षा सतर्कता, ट्रम्पले कोभिड-१९ सम्बन्धी गरेको यात्रा प्रतिबन्ध बारे निर्णय खारेज गर्ने बाइडेनको तयारी ।

प्रतिक्रिया दिनुहोस्