Logo
Logo

एनआइसी एसिया लघुवित्तद्वारा बिमा रकम हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


काठडमाडौं । कर्णाली प्रदेशको जाजरकोटमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बिमा रकम प्रदान गरेको छ । संस्थाको बेलासपुर शाखाले आफ्नो सदस्यको श्रीमतीको मृत्यु भएकोमा बिमा रकम मृतकको श्रीमान् नगेन्द्रदास पटनावरलाई हस्तान्तरण गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बिमा गर्दै आइरहेको जनाइएको छ । यस संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको दाबी गरेको छ ।

हाल १ सय २० शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लामा शाखा सेवा दिँदै आएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्