Logo
Logo

हल्ला भएपछि इन्सपेक्टरले घुस फिर्ता गरे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ ।
हल्ला भएपछि सशस्त्र प्रहरीका इन्सपेक्टरले घुस फिर्ता गरेका छन् । बोर्डर आउट पोस्ट (बीओपी) पचरौतामा खटिएको सशस्त्र प्रहरीले स्थानीय एक भैंसी व्यापारीसित लिएको ४० हजार रुपैयाँ घूस लिएको थियो । त्यसबारे हल्ला भएपछि पोस्टका सशस्त्र प्रहरी निरीक्षक सिंहवीर (सागर) मल्लले घुस फर्काएका हुन् । उनले भैंसीव्यापारीका भाइ गजेन्द्र यादवलाई मंगलबार कार्यालयमै बोलाएर उक्त रकम फिर्ता गरेका हुन् ।


बाराको पचरौता नगरपालिका–३ का देयाली यादवले गाउँघरबाट ६ वटा भैंसी र राँगा खरिद गरी चितवनको नारायणगढ बजार लग्दै गर्दा सशस्त्र प्रहरीले कोतवाली गाउँ नजिकबाट भैंसी र गाडी सोमबार राति पक्राउ गरी ४० हजार घूस लिएर छाडेको थियो । भारतबाट अवैध रुपमा भैंसी ल्याएको भन्दै प्रहरीले घूस लिएको थियो ।

घुसबारे लेनेदनको अडियो समेत सार्वजनिक भएपछि बीओपीका सशस्त्र प्रहरी निरीक्षक मल्ल र जवान नन्दकिशोर ठाकुरल घुस फिर्ता गरेका हुन् ।

५५ हजारबाट बार्गेनिङ सुरु भई ४० हजारमा कुरा मिलेपछि भैंसी छाडिएको व्यापारीले बताए । प्रहरीले भारतबाट पैठारी गरी भैंसी किन ल्याएको भन्दै पैसा नदिए भन्सार चलान गरिदिने भनेपछि राति नै ४० हजार रुपैयाँ बेनौली बजारमा प्रहरीलाई दिएको व्यापारीले बताए । इन्सपेक्टर मल्ले भने आफुले नभई आफ्नो नाममा बिचौलियाले घुस लिएको र फिर्ता गर्न लगाएको बताएका छन् । बर्दिवास बाहिनीले इन्सपेक्टर मल्लमाथि छानबिन थालेको छ । जागिर नै जाने प्रकृतीको घटनामा कारबाही रोक्न मल्ल सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्