Logo
Logo

बाइडेनलाई राष्ट्रपति भण्डारीद्वारा बधाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएकी छन् । बाइडेनलाई बधाई सन्देश दिँदै भण्डारीले उनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।

उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामनासमेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले दिए वाइडेनलाई बधाई

प्रतिक्रिया दिनुहोस्