Logo
Logo

प्रधानमन्त्री ओलीले दिए वाइडेनलाई बधाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई बधाई दिएका छन् ।

हिजो अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा वाइडेनले सपथ लिंदै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत बधाई दिएका हुन् ।

उनले भनेका छन्, ‘अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिएका जो वाइडेनलाई बधाई छ । आगामी दिनमा नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध कायम राख्दै सहकार्य हुनेछ ।’

वाइडेनलाई विश्वभरबाट बधाई तथा शुभकामना सन्देशहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्