Logo
Logo

कोभिडविरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध छौँ : मोदी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीको यस्तो प्रतिक्रिया आएको हो ।
प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध छौँ ।’ उनले भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् । भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्