Logo
Logo

एनसीसी बैंकमा न्यौपाने बने अध्यक्ष, १०.८१ प्रतिशत लाभांश पारित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको प्रस्तावित लाभांश पारित भएको छ । माघ ९ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १०.८१ प्रतिशत लाभांश प्रस्तावलाइ पारित गरेको हो ।

उक्त सभामा १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी १०.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लगिएको थियो । सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस सेयर पश्चात यस बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रूपैयाँ पुग्नेछ ।
त्यस्तै, सभाले संस्थापक समुह ‘क’ बाट तीन (३) जना र सर्वसाधारण समुह ‘ख’ बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै, साधारण सभापश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समुह ‘क’बाट सञ्चालकहरुमा मोहनबहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह ‘ख’ बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६÷७७मा ७९अर्ब ६१ करोड रूपैयाँ निक्षेप परिचालन तथा ६७ अर्ब ८१ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । र, खुद नाफा १ अर्ब १० करोड रूपैयाँ आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्