Logo
Logo

प्रहरीद्वारा सेनाका जवान पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ माघ ।
सेनाका एक जवानलाई प्रहरीले पक्राउ गरेको छ । अवैध लागुऔषध ‘खैरो हेरोइन’को कारोबार गरेको आरोपमा जवान ऐकन्द्र शाही पक्राउ परेका हुन् ।


कैलालीको वर्द गोरिया गाउँपालिका–१ स्थायी घर भई नेपाली सेनाको ललिपुरस्थित ब्यारेकमा कार्यरत शाहीलाई काठमाडौं–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
शाहीसँगै लागुऔषध कारोबारमा संलग्न कैलालीका कृष्ण भण्डारीलाई पनि प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ ।

सगरमाथा गेष्ट हाउसको कोठा नम्बर–१०३ बाट पक्राउ परेका शाही र भण्डारीको साथबाट प्रहरीले २२ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्