Logo
Logo

तीन करोड ठगी आरोपमा न्याय परिषद् सदस्य निरालाका छोरा प्रहरी हिरासतमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं  । न्याय परिषद्का सदस्य रहेका लक्ष्मी बहादुर निराला खड्का छोरा शिरिष खड्कालाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो ।


जग्गा बिक्रिको नाममा उनले करिब तीन करोड ठगी गरेको प्रहरीले जनाएको छ । उनी सञ्चालक रहेको ओलम्पिया वल्र्ड स्कुलको कोटेश्वरमा रहेको जग्गा एउटासँग बैना लिएर अर्कैलाई बिक्रि गरेका थिए । बैना लिएको दुई करोड ७५ लाख रुपैयाँ पनि फिर्ता दिन नमानेपछि केस प्रहरीमा पुगेको हो । प्रहरीमा जाहेरी दर्ता भएर पक्राउ पूर्जी जारी भएपछि शिरिषले बुबामार्फत न्यायपरिषद्को पावर लगाएर रोक्ने प्रयास गरेका थिए । न्यायपरिषद्कै आडमा करिब तीन करोड पचाउने प्रयास गरेका अन्ततः उनी प्रहरी हिरासतमा पुगेका छन् ।

स्कुलको जग्गा बिक्रिमा महानगरपालिकाको शिक्षा शाखाबाट अनुमति लिनुपर्ने प्रावधान भएकोमा त्यसविपरीत खरिदबिक्रि भएकाले त्यसउपर समेत छानबिन भइरहेको प्रहरीले जनाएको छ । जसमा मालपोत कार्यालयका कर्मचारी उपर समेत छानबिन हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्