Logo
Logo

नबिल बैंकका दुई सञ्चालक पौड्याल र टिवडेवालाले गरे पदबहाली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंकको नवनिर्वाचित सञ्चालक अनन्त पौड्याल र प्रविन टिवडेवालाले पदबहाली गरेका छन् । दुई सञ्चालक पौड्याल र टिवडेवालाले माघ ९ गते कम्पनी सञ्चालक समितिको बैठकबाट पदबहाली गरेका हुन् ।

सञ्चालक पौड्याल र टिवडेवाला गत पुस २९ गते सम्पन्न बैंकको ३६औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चयन भएका हुन् । सभाले उनीहरु दुवैलाई बैंकको सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्