Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५६औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भर्चुअलरुपमा बैंकको ५६औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।

वार्षिकोत्सव अवसरमा बैंकले अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु गरेको छ । यसका साथै बैंकले एकैदिन पाँच शाखा कार्यलय र पाँच एक्सटेनस्न काउन्टर स्थापना गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त दुई सेवाको भर्चुअल माध्यममार्फत उद्घाटन गरेसँगै बैंकको स्मारिका पनि विमोचन गरेका छन् ।

बैंकका सिइओ किरणकुमार श्रेष्ठले वार्षिकोत्सवको अवसरमा बैंकले आागामी दिनमा अझ राम्रो गर्दै जाने बताए । यस्तै सो अवसरमा बैंकले वर्षको उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्