Logo
Logo

भारतीय नेता एस. रमेश लेख्छन्, ‘नेपालमा राजतन्त्र पुर्नस्थापना गर्नुपर्छ’


- दृष्टि न्युज/संवाददाता

1.6k
Shares

काठमाडौं, ११ माघ । भारतका नेताले नेपालमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुर्नस्थापनामा लाग्नुपर्ने सुझाव दिएका छन् । भारतका पूर्वक्याबिनेट सचिवालयका अतिरिक्त सचवि एस. रमेशले टेलिग्राफ इन्डिया डटकममा लेख प्रकाशित गर्दै यस्तो सुझाव दिएका हुन् ।
उनले आफ्नो लेखमा पछिल्लो समय नेपालको राजनीति तरल हुँदै गएको समेत उल्लेख गरेका छन् । नेपालमा चीनको प्रभावलाई ‘चेक’ गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा अब भारत नयाँ विकल्पको खोजी गर्नुपर्ने आशय छ । यसका लागि उनले अफगानिस्तानका राजा जाहिर शाह र कम्बोडियाका नोरोडोम सिंहानुकको उदाहरण दिएका छन् ।
उनले आफ्नो लेखमा नेपालको राजपरिवारबाट भारत कोमाथि भर पर्न सक्छ भन्ने प्रमुख प्रश्न रहेको जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र नागरिकका रुपमा जीवन बिताइरहेको र पूर्वयुवराज पारसलाई जनताले राजा स्वीकार गर्न नसक्ने उनले उल्लेख गरेका छन् ।
उनले यसअघि, गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’का रुपमा अघि सारेका हृदयेन्द्र उपयुक्त पात्र हुनसक्ने उनको ठम्याइ छ । नेपालमा पछिल्लो समय राजतन्त्र पुर्नस्थापनाको मागसहित आन्दोलन देखिन थालेको र नेपालभित्रबाट उठेको मागलाई भारतले रोक्न नहुने उनले धारणा व्यक्त गरेको छन् ।
कुनै बेला चीन पनि राजदरवार निकट रहेको तथ्य औँल्याउँदै नेकपाको पछिल्लो कलहपछि चीनले नेपालको मुडलाई अध्ययन गरिरहेको हुनसक्ने उनको दावी छ । पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता छाड्न लगाउन करण सिंह नेपाल पुगेको समेत उनले स्मरण गरेका छन् । उनले आफ्नो लेखमा राजसंस्था पुर्नस्थापना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (आरपीपी)ले नेतृत्व लिनुपर्ने समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपालका विगतका राजाहरूले भारतविरोधी भावनालाई बढावा दिएको आरोप लगाइएको छ र राजा ज्ञानेन्द्रले शेरबहादुर देउवासँग ‘शासन’ गर्ने भारतको सल्लाहलाई ध्यान दिएन किनभने उनको फ्रन्ट चीनले सन् २००० पछि नेपालमा यस किसिमको प्रभुत्व जमाएको थिएन । भारत चीनको कारखानाबाट धेरै सतर्क हुनुपर्छ र भविष्यको लागि सावधानीपूर्वक योजना बनाउनुपर्दछ ।’
उनले अहिलेको नेपालमा एकथरी कम्युनिष्ट पार्टी सडकमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा प्रर्दशन भइरहेकाले बताउँदै सडकमा ओर्लिका नेकपा संसदमा समेत बहुमत भएको दाबी गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्