Logo
Logo

मुख्यमन्त्री राई बेहुला हुँदा यस्ता देखिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङ्मु शेर्पाले आज लगानगाँठो कस्दैछन् । काठमाडौंमा हुने विवाह समारोहका लागि मुख्यमन्त्री राई जन्ती लिएर केही क्षणमै नक्सालस्थित एलिश रिसेप्शन पुग्दैछन् । कोरोना संक्रमणका कारण सिमितमात्र जन्ती बनाइएको छ ।


विवाह साइतअनुसार आइतबार बिहान टिकाटालो गरेका छन् । ‘मिस मंगोल नेपाल–२०१८’की विजेता ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो । आज हुने विवाह समारोहमा करिब पाँच सय जनालाई निम्तो दिइएको बताइएको छ । अतिथि तथा निम्तालुहरुलाई विवाहमा सहभागीका लागि ३ बजेको निमन्त्रणा कार्ड दिइएको छ ।

यस्तै भोली सोमबार विराटनगरमा पनि विवाह भोज दिँदैछन् । त्यसका लागि सबै तयारी भइसकेको बताइएको छ ।

तस्बिर : सुमन पुरी

प्रतिक्रिया दिनुहोस्