Logo
Logo

निर्वाचनको तयारीमा रहन आइजीपीको निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा रहन प्रहरी संगठनलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा महानिरीक्षक थापाले घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौती व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।


महानिरीक्षक थापाले कानूनभन्दा बाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र सुरक्षाको दृष्टिकोणले आउने चुनौती सामना गर्न पनि
निर्देशन दिएका छन् । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै वैशाख १७ र २७मा मध्यावधि निर्वाचन गर्ने घोषणा समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्