Logo
Logo

व्यवस्था उल्ट्याउन खोज्ने सामन्तीहरुलाई परास्त गरेरै मात्र विश्राम लिन्छु: प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रतिक्रान्तिकारी भइसकेको रकलंकको टीका लगाईसकेको बताएका छन् ।

सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपीहरुले गर्ने (सभा) ठूलो भएपनि के सानो भए पनि के रु ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके ।’ पञ्चहरुले पनि आफ्नो शासन ढल्नेढल्ने बेलामा कर्मचारी, पुलिसलाई आउनैपर्छ भनेर बोलाउने तथा पैसा दिएर मान्छे ल्याएर सभाहरु गर्ने गरेको प्रचण्डले बताए ।

प्रचण्डले ओली समूहले गर्ने भनिएको सभा पञ्च र्‍यालीभन्दा फरक नहुने बताउँदै उनले भने, ‘केपीले जत्रो (सभा) गरेपनि पञ्च र्‍याली भन्दा फरक हुने छैन ।’ संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको प्रचण्डको भनाई छ ।

सामन्तीहरुले व्यवस्था उल्ट्याउन खोजे
कार्यक्रम प्रचण्डले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने बताएका छन् । प्रचण्डले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको र त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने बताए । उनले प्रदेश नम्बर २ का जनताले यसअघि भएका आन्दोलनमा अग्रसरता देखाएकोमा आभार व्यक्त गरे ।

‘यो सन्देश देशभरी गएको छ । प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ । नेपाल र नेपाली जनताका लागि । उत्पीडित आदिवासी सवै किसिमका जनताको संघर्ष हो । जसरी गणतन्त्रलाई स्थापित गरिएको छ यसलाई उल्टाउने कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले गरेका हुन्,’ उनले भने ।

 

यो पनि पढ्नुहोस्

प्रचण्ड-माधव पक्षले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन, यसरी हुँदैछ देशर विरोध प्रर्दशन

प्रतिक्रिया दिनुहोस्