
काठमाडौं, १२ माघ । प्रहरीले मानव दुई दर्जन बढी मानवअधिकारकर्मीहरुलाई पक्राउ गरेको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्न पुगेका अधिकारकर्मी कृष्ण पहाडीसहितका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
मानवअधिकार तथा शान्ति समाजले ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध, राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध, प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध ‘बालुवाटार मार्च’ प्रदर्शन गरेको हो ।















