Logo
Logo

उच्च अदालतको मुख्य न्यायाधीशमा तीन जनाको नाम सिफारिस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्यायापरिषद्को बैठकले तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको हो ।
आइतबार साँझ बसेको बैठकको निर्णयअनुसार जनकपुर उच्च अदालतका कामु मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेल, उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश निता गौतम दिक्षित र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौला मुख्य न्यायधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् ।
निरौला प्रशासनबाट सिधै मुख्यन्यायधीश हुने पहिलो व्यक्ति हुन् । मुख्य न्यायाधीशकारुपमा पाँच वर्ष काम गरेपछि सर्वोच्चमा आउने बाटो खुल्ने छ ।
यस्तै परिषद् निर्णयअनुसार सर्वोच्चका पूर्ववरिष्ठ न्यायाधीश वैधनाथ उपाध्यायलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्