Logo
Logo

नग्न फोटो खिचेर प्रहरीद्वारा बलात्कार


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, १२ माघ ।
प्रहरी समेतको मिलेमतोमा रुपन्देहीमा युवतीमाथि सामुहिक बलात्कार भएको छ । प्रहरी जवानसहित दुई जना पक्राउ परेका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका–५ मा गत कात्तिक २३ कात्तिकमा गते युवतीमाथि सामूहिक बलात्कार भएको हो । प्रहरीका अनुसार नजिकै गाउँका दिदी बहिनी घर जाँदै थिए । उनीहरूको जवान शर्मासँग विवाद भयो । जवान डिउटी सकेर घर जाँदै थिए । विवाद भएपछि जवानले आफ्ना तीन साथीलाई बोलाएर एक युवकीलाई लुगा खोल्न लगाई उनको नग्न फोटो खिचेका थिए । त्यसपछि अर्की युवतीमाथि चार जनाले सामुहिक बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।

घटनाबारे कतै उजुरी गरे फोटो सार्वजनिक गरिदिने धम्की दिएका थिए । सोही कारण डराएर युवतीले कतै उजुरी गरेनन् । आफ्नो फोटो सामाजिक सञ्जालमा गइसकेको थाहा पाएपछि उनीहरुले ९ माघमा प्रहरीमा उजुरी दिएका हुन् । जवान शर्मा र उनका साथी गुरुचरण चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको रुपन्देहीका एसपी प्रवीण पोखरेलले बताए ।
पक्राउ परेका जवान शर्मा ट्राफिक कार्यालयमा कार्यरत थिए । पीडित र उनीबीच चिनजान रहेको अनुसन्धानमा खुलेको छ

प्रतिक्रिया दिनुहोस्