Logo
Logo

एसपी बढुवामा को–को छुटे ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ ।
नेपाल प्रहरीका १६ डिएसपीको सोमबार एसपी बढुवामा सिफारिस भएको छ । एउटै ब्याचका ३४ जना प्रतिस्पर्धामा रहेकोमा १८ जना छुटेका छन् ।

डिएसपीमा अगाडि बढुवा भएका भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश कुमार काफ्ले, राजकुमार सिलवाल, अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदम विष्ट, महेन्द्र श्रेष्ठ, राजेन्द्रबाबु रेग्मी, वासुदेव खतिवडामा पर्न सफल भएका छन् ।

पछि डिएसपी बढुवा भएका योगेन्द्रसिंह थापा, दिलीप घिमिरे, वीरेन्द्र शाही, सुवासचन्द्र बोहरा, प्रजित केसी बढुवामा पर्न सफल भएका छन् ।

डिएसपीहरु जनकबहादुर शाही, रामहरि पाण्डे, रामेश्वर कार्की, लक्ष्मीराज अधिकारी, जनकबहादुर शाही, अर्जुन रानाभाट, अर्जुन तिमल्सिना, चक्रराज जोशी, सुमन तिमल्सिना, देवेन्द्र पाल, भीमकिरण बोगटी, सीताराम रिजाल, रमेश पण्डित, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी, नेत्रमणि गिरी, विनोद शर्मा र हेरम्ब शर्मा बढुवामा छुट्न पुगे । केही हदसम्म सिनियहरु नै बढुवामा परेपनि इमान्दार र सोझा स्वभावका डिएसपीहरु छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्