Logo
Logo

प्रतिनिधिसभा विघटनको विरोध गर्ने चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ । प्रतिनिधिसभा विघटनको विरोध गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने पूर्वप्रधान्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।
अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् । मुद्दाको पेशी बिहीबार तोकिएको छ ।
अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै रिट निवेदकले उनीहरुविरुद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजाय माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्