Logo
Logo

एनएमबि बैंकको बचतमा सर्वोच्च व्याजदर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून व्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ ।

माघ महिनाअघिदेखि नै बचतमा बढी ब्याज दिन शुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेको छ ।

चार वर्षमा तीन पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई ध्यानमा राखी अधिकतम व्याजको योजना अघि सार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्