Logo
Logo

प्रभु बैंकको नाफा ३९.८७ प्रतिशतले बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले आज सार्वजनिक गरेका दोस्रो त्रैमासका अनुसार गत आर्थिक वर्षको सोही तुलनामा ३९.८७ प्रतिशतले बढाउन सफल भएको हो ।

बैंकले गत वर्ष सोही अवधिमा १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, बैंकको खुद व्याज आम्दानी पनि बढेको छ । बैंकको खुद व्याज आम्दानी २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले चालु आवको ६ महिनासम्म १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, बैंकले १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १५.३२ गुणा मात्र रहेको छ । बैंकले खराब कर्जा २.०६ प्रतिशत रहेको छ भने आधार दर ७.२४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्