Logo
Logo

‘संवैधानिक इजलासको टिपोटमा नेम्बाङको अभिव्यक्ति’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानसभा अध्यक्षका रुपमा सुवास नेम्वाङले प्रतिनिधिसभा विघटनबारे दिएका अभिव्यक्ति संवैधानिक इजलासले ‘टिपोट’ गरेको बताएका छन् । बुधबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे वरिष्ठ अधिवक्ता शेरबहादुर केसीको प्रश्नको प्रत्युत्तरमा प्रधान न्यायाधीश जबराले यस्तो जानकारी दिएका हुन् ।
बार एशोसिएशन नेपालका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता केसीले संविधान निर्माणकै क्रममा संविधानसभा अध्यक्षका रुपमा सुवास नेम्वाङले संविधान निर्माणकै क्रममा प्रतिनिधिसभा विघटनबारे दिएका अभिव्यक्तिबारे इजलासको ध्यानाकर्षण गराएका थिए ।
‘प्रधानमन्त्रीलाई आफूखुशी प्रतिनिधिसभा विघटनको अधिकार छैन’ भनेर नेम्वाङले उतिबेला दिएका अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्याप्त रहेको भन्दै केसीले इजलासको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभा विघटनबारे १० दिनयता सर्वोच्चमा बहस जारी छ ।

प्रतिक्रिया दिनुहोस्