Logo
Logo

सर्वाेच्चको कामु मुख्य रजिष्ट्रारमा कुँवर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ ।
सर्वाेच्च अदालतको कामु मुख्य रजिष्ट्रारमाको जिम्मेवारी लालबहादुर कुँवरले पाएका छन् । मुख्य रजिष्ट्रार रहेका नृपध्वज निरौला मुख्य न्यायाधीशमा नियुक्त भएपछि रिक्त रहेको पदमा कुँवरले जिम्मेवारी पाएका हुन् ।


कुँवरलाई नै मुख्य रजिष्ट्रार बनाउने सम्भावना रहेको स्रोत बताउँछ ।
उता निरौलाको नियुक्ति भने विवादमा परेको छ । मुख्य रजिष्ट्रारलाई पहिलोपटक सिधैं मुख्य न्यायाधीशमा नियुक्त गरिएको हो । जसअनुसार उनी सर्वाेच्चको समेत न्यायाधीश हुने पक्का छ । बरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै न्याय परिषदका सदस्य रहेका न्यायाधीश दीपक कुमार कार्कीले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्